काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक सङगठन, बागमती प्रदेश समितिको अध्यक्षमा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्काय केन्द्रीय विभागका सहप्राध्यापक नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । हालै सम्पन्न सङ्गठनको प्रथम बागमती प्रदेश सम्मेलनबाट ४१ सदस्यीय प्रदेश समिति चयन भएको छ ।
समितिको उपाध्यक्षहरुमा डा अमृतादेवी शर्मा, पदमप्रसाद न्यौपाने र बाबुराम राई, सचिवमा सुशील लामिछाने, सहसचिवहरुमा रती खत्री, अनुप श्रेष्ठ र राजेन्द्र गजमेर तथा कोषाध्यक्षमा निर्जना भट्ट चयन भएका छन् ।
सदस्यहरुमा डा अवतार सुवेदी, प्रेमप्रसाद दाहाल, गौतम केसी, डा अनिल पाण्डे, टीकाराम देवकोटा, विसुनदयाल प्रसाद पटेल, रामएकवाल यादव, शालिकराम ढकाल, सुदन न्यौपाने, ताराप्रसाद न्यौपाने, विष्णु सापकोटा, चन्द्रदीपकुमार यादव, विनोदकुमार अधिकारी र डा आइत विश्वकर्मा चयन भएकाे निर्वाचन समितिले जनाएकाे छ ।
यस्तै तुलसीप्रसाद गौतम, प्रयास रेग्मी, दावाछिरिङ तामाङ, समिरा कार्की, गङ्गाकुमारी सुवेदी, डा नवराज अधिकारी, यमबहादुर तामाङ, सुभाष खड्का, नारायणप्रसाद तिवारी, राजेन्द्र घिमिरे, अरविन्दकुमार सिंह, चन्द्रशेखर गुप्ता, सन्तोष आचार्य, प्रेम केसी, मिनराज अधिकारी, महेन्द्र सुवेदी, रुमा मानन्धर र कुमार सापकोटा प्रदेश समिति सदस्यमा चयन भएका छन् ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि यही माघ २६ गते निर्वाचन भएको थियो । चार सदस्य पछि मनोनित गरिने सङ्गठनले जनाएको छ ।

