२०८३, कार्तिक १७ गते मंगलबार

पहिलो पटक कमलादिस्थित ‘स्काइवाक टावर’मा योगाभ्यास

पहिलो पटक कमलादिस्थित ‘स्काइवाक टावर’मा योगाभ्यास


  • मेरोभ्यूज
  • माघ २३, २०८१ बुधबार

  • पहिलो पटक कमलादिस्थित ‘स्काइवाक टावर’मा योगाभ्यास

    काठमाडौं । कमलादिस्थित ‘स्काइवाक टावर’मा विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।

    स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योग बारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए ।

    प्रबन्ध निर्देशक पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

    त्यसअवसरमा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिकाका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिए ।

    “दसौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्येक साता स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ”, उनले भने । योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीको भनाइ थियो ।

    यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे । योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनले बताए ।

    योगाभ्यासका क्रममा एक सय पटक आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा महिला तथा पुरुषहरुको उल्लेख्य सहभागिता थियो ।

    -----


    प्रकाशित : बुधबार, माघ २३ २०८११०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार