काठमाडौं । काठमाडौंको थँहितिस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको हीरक जयन्ती-२०८१ को अवसरमा निर्माण हुने सरस्वती मन्दिर तथा हीरक जयन्ती स्मारकको शिलान्यास गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १७ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन सिमितका सदस्य नवीन मानन्धरले उक्त मन्दिर तथा स्मारकको शिलान्यास गरे ।
मानन्धरले सो मन्दिर र स्मारक निर्माण गर्दा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले ब्यहोर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदास मानन्धर, विद्यालयका प्रधानाध्यापक सुदामप्रसाद गौतम र पूर्वविद्यार्थी मञ्चका संयोजक मचाकाजी महर्जनले विद्यालयको विगत र वर्तमान अवस्था तथा हीरक जयन्तीका सम्बन्धमा स्पष्ट पारेका थिए ।

