२०८३, कार्तिक १७ गते मंगलबार

त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

त्रिवेणीधाममा श्रद्धालुको घुइँचो


  • मेरोभ्यूज
  • माघ १७, २०८१ बिहीबार

  • त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

    नवलपरासी.jpg

    मध्यबिन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।

    बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको छ । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आए ।

    माघे औँसीका दिन यहाँको विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ ।

    मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको साथै सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीहरुको टोली परिचालन गरेका छन् ।

    “स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ”, वडाध्यक्ष शाहले भने । साथै नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ र श्रद्धालुहरु हिजो राति देखि जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लाग्ने छ ।


    प्रकाशित : बिहीबार , माघ १७ २०८११२:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार