२०८३, कार्तिक १७ गते मंगलबार

अल्पकालिन कुलपुत्र प्रब्रिजित गर्ने (श्रामणेर बनाउने) पत्रकार सम्मेलन

अल्पकालिन कुलपुत्र प्रब्रिजित गर्ने (श्रामणेर बनाउने) पत्रकार सम्मेलन


  • मेरोभ्यूज
  • माघ १६, २०८१ बुधबार

  • अल्पकालिन कुलपुत्र प्रब्रिजित गर्ने (श्रामणेर बनाउने) पत्रकार सम्मेलन

    काठमाडौं । यस बुद्ध जन्मभूमि नेपालमा सन् २०११ देखि अखिल नेपाल भिक्षु महासंघ र थाई इन्डिया नेपाल धर्मदूतसँगको सहकार्यमा वार्षिकरुपमा कुलपुत्र प्रब्रज्या कार्यक्रममार्फत् बुद्ध शिक्षा जनमानसमा फैलाइ सभ्य समाज निर्माणको उद्देश्यले कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

    सन् २०११ देखि १११ जना, १११२ जना, १५० जना, १११९ जना ५०० जना, १२५० जनालाई प्रब्रजित गरिसकेको छ भने आगामी २०८१ फागुन १४ देखि २०८१ चैत्र ३ सम्म हुन गइरहेको पाच सय अल्पकालिन कुलपुत्र प्रब्रज्या कार्यक्रममा देशभरका विभिन्न स्थानबाट पाच सय जनालाई प्रब्रजित गर्ने (श्रामणेर बनाउने) कार्यक्रम रहेको छ ।

    कार्यक्रममा थाईल्याण्डलगायत अन्य विभिन्न राष्ट्रहरुबाट प्रतिनिधि सहभागी हुनेछन् । जसले गर्दा बौद्ध पर्यटकहरुको संख्या वृद्धि भै पर्यटन व्यवसायमा टेवा पुग्नेछ ।

    कार्यक्रमको व्यवस्थापन प्रब्रज्या सामाजिक नेपालले गर्नेछ भने सहआयोजकको रुपमा थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षेश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध नेपाल, बुद्ध समाज नेपाल, वल्ड एलाइन्स अफ बुद्धिष्ट, लुम्बिनी बौद्ध विश्वविद्यालय, नागवहाल टोल सुधार समिति, धम्मकाया युनिभर्सिटी, धम्मकाया फाउण्डेशन र प्रोमिस ल्याण्ड हुनेछ ।

    प्रब्रजित श्रामणेरहरुले यस अवधि भरमा शील ग्रहण गरी पालना गर्ने छन् र थाईल्याण्डबाट आउने अति श्रद्धेय भिक्षु फ्र फ्रम सेनाबदीको उपाध्यायत्वमा तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविरको उपस्थितिमा प्रब्रजित गराइने छन् ।

    प्रब्रजितहरुले बुद्ध शिक्षाका आधारभूत शिक्षा थाहा पाउने छन् । विभिन्न धर्मगुरुहरुमार्फत गहन ध्यान अभ्यास गर्ने छन् ।

    अल्पकालीन प्रब्रज्या भएकोले प्रब्रजित जीवनको स्वः अनुभव गर्नेछन् । साथै बुद्धकालीन समयमा भगवान बुद्ध शुद्धोदन महाराजाको निमन्त्रणामा बुद्ध भैसकेपछि प्रथम पटक कपिलवस्तु आगमनमा बीस हजार भिक्षुहरुसहित आएको धम्मयात्राको अनुभव पनि गर्ने छन् ।

    यसरी विभिन्न कार्यक्रमहरुमा यसप्रति आस्थावान व्यक्तिहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागि भै पुण्य सञ्चय गर्ने अवसर पाउने छन् ।

    मुख्य कार्यक्रमहरुको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मिडीयामार्फत् प्रसारण हुने भएकोले बुद्ध जन्मभूमि नेपालको प्रचार-प्रसार विस्तृतरुपमा हुनेछ । यस कार्यक्रममा सम्पूर्ण ईच्छुक महानुभावहरु सहभागी हुन सक्नेछन् ।


    प्रकाशित : बुधबार, माघ १६ २०८१११:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार