घोराही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाङको घोराही १४ झिगौरास्थित सहिद लौटन चौधरीको घरको आँगनमा सहिद परिवारसित बसेर खाना खाँदै । स्थानीयले अध्यक्ष दाहाललाई थारु परिकार खुवाउँदै स्वागत गरेका थिए । थारु वस्ती झिगौरामा जनयुद्धको क्रममा तीन जना सहिद भएका थिए ।

