२०८३, कार्तिक १७ गते मंगलबार

थानकोट - धुलिखेल यातायात सेवा

थानकोट - धुलिखेल यातायात सेवा


  • मेरोभ्यूज
  • माघ १०, २०८१ बिहीबार

  • थानकोट - धुलिखेल यातायात सेवा

    काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा वस सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो ।

    काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

    सिप्रदी ट्रेडिङ्गले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायातलाई हस्तान्तरण गरेको हो । नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

    बिहीबारदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी केवलकार, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेल अस्पतालसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गरेको हो ।

    उपाध्यक्ष खतिवडाले महानगर यातायातले छिटै नै दस वटा विद्युतीय बसहरुसमेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए भने एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको पनि उनले उल्लेख गरे । 

    -----


    प्रकाशित : बिहीबार , माघ १० २०८११०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार