२०८३, कार्तिक १७ गते मंगलबार

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान


  • मेरोभ्यूज
  • माघ ५, २०८१ शनिबार

  • अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

    मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान-२ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

    उनले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र  ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेको हो ।

    सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताए । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका  लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताए ।


    प्रकाशित : शनिबार, माघ ५ २०८११०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार