२०८३, कार्तिक १७ गते मंगलबार

राष्ट्रपतिले गरे निर्माणाधीन फास्ट ट्रयाक आयोजनाको अवलोकन

राष्ट्रपतिले गरे निर्माणाधीन फास्ट ट्रयाक आयोजनाको अवलोकन


  • मेरोभ्यूज
  • माघ ४, २०८१ शुक्रबार

  • राष्ट्रपतिले गरे निर्माणाधीन फास्ट ट्रयाक आयोजनाको अवलोकन

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रूतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको आज हवाई तथा स्थलगत अवलोकन भ्रमण गरेका छन् । 

    राष्ट्रपतिले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल तथा स्लोप प्रोटेक्सनका साथै आयोजनाको विभिन्न स्थानहरुको हवाई अवलोकन गरेको नेपाली सेनाले जनाएको छ । 

    सो क्रममा प्रधान सेनापति अशोकराज सिग्देल, आयोजना प्रमुख, मध्य पृतनापति, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए । 

    विभिन्न १३ वटा प्याकेज रहेको द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजअन्तर्गतका ७ वटा सुरुङमध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङ छिचोलिई सकिएको छ । 

    यस्तै महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न हुनुका साथै चन्द्रामभिरस्थित सुरुङको निर्माण कार्य सुरु भएको छ र अन्य तीन वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भइरहेको छ ।

    उक्त आयोजनामा निर्माण गर्नुपर्ने ८९ वटा पुलमध्ये ८० वटा पुलको निर्माण कार्य भइरहेको छ । पाँच वटा पुल भने निर्माण सम्पन्न भइसकेको छ ।

    साे सडक आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    Fast Track President Visit (8).jpg

    Fast Track President Visit (7).JPG

    Fast Track President Visit (5).JPG

    Fast Track President Visit (9).jpg

    Fast Track President Visit (4).JPG

    Fast Track President Visit (1).jpg

    Fast Track President Visit (2).JPG


    प्रकाशित : शुक्रबार, माघ ४ २०८१०९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार