२०८३, कार्तिक १७ गते मंगलबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'को शुभकामना सन्देश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'को शुभकामना सन्देश


  • मेरोभ्यूज
  • माघ १, २०८१ मंगलबार

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'को शुभकामना सन्देश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघी/माघे सक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीहरू, विशेषतः थारु तथा मगर समुदायका दिदीबहिनी र दाजुभाइहरूलाई माघी/माघे सक्रान्ति/मकर सक्रान्ति पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

    सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्दछु ।

    यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र बसन्त ऋतुको आगमनलाई संकेत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ ।

    माघे संक्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो । यसले नेपाली समाजको विविधता, परम्परा र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिन्छ ।

    हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु ।


    प्रकाशित : मंगलबार, माघ १ २०८१११:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार