२०८३, कार्तिक १७ गते मंगलबार

पौडेलको अध्यक्षतामा प्रेस सेन्टर रासस प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति

पौडेलको अध्यक्षतामा प्रेस सेन्टर रासस प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति


  • मेरोभ्यूज
  • पौष २३, २०८१ मंगलबार

  • पौडेलको अध्यक्षतामा प्रेस सेन्टर रासस प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति

    काठमाडौं । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

    राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा मंगलबार आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन भएको छ ।

    सो अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले संस्थाको श्रीवृद्धि र पत्रकारको क्षमता अभिवृद्धिमा सिङ्गो कार्यसमिति अघि बढ्ने विश्वास व्यक्त गरे ।

    प्रेस सेन्टर प्रतिष्ठान प्रदेशका अध्यक्ष वीरेन्द्र वलीले श्रमजीवी पत्रकारको हकहितमा पेसागत संघ/संगठन केन्द्रित हुनुपर्ने बताए ।

    नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्ण सापकोटाले श्रमजीवी पत्रकारका हकहितका बारेमा पेसगात संगठनले एकताबद्ध पहल लिनुपर्नेमा जोड दिए ।

    प्रेस चौतारी नेपाल रासस शाखाका प्रतिनिधि कालिका खड्काले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिए ।

    प्रेस सेन्टर रासस प्रतिष्ठान शाखाका निवर्तमान अध्यक्ष रत्नकृष्ण श्रेष्ठले श्रमजीवी पत्रकारको हकहितका पक्षमा संगठन क्रियाशील रहँदै आएको जानकारी दिए ।    


    प्रकाशित : मंगलबार, पौष २३ २०८१११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार