२०८३, कार्तिक १७ गते मंगलबार

तनहुँमा धान उत्पादन वृद्धि

तनहुँमा धान उत्पादन वृद्धि


  • मेरोभ्यूज
  • पौष २०, २०८१ शनिबार

  • तनहुँमा धान उत्पादन वृद्धि

    दमौली, तनहुँ । तनहुँमा धान उत्पादन बढेको छ । गत कात्तिकमा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्ररुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

    केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/८२ मा ३३ हजार दुई सय ९२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष चार हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको परियारको भनाइ छ । चालु आर्थिक वर्षमा आठ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

    गत आर्थिक वर्ष २०८०/८१ मा सात हजार छ सय ६७ हेक्टर क्षेफलमा धान खेती गरिएकोमा २९ हजार दुई सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो । परियारले भने, “गत कात्तिकमा वर्षाका कारण तनहुँका नौ वटा पालिकाका ४४ दशमलब ६२ हेक्टर क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको थियो । तर समग्रमा जिल्लामा धान उत्पादन वृद्धि भएको छ ।”

    तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

    जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५ सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।


    प्रकाशित : शनिबार, पौष २० २०८११०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार