२०८३, कार्तिक १७ गते मंगलबार

राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन्, फूल्न दिऔंः अध्यक्ष प्रचण्ड

राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन्, फूल्न दिऔंः अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • मंसिर १५, २०८१ शनिबार

  • राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन्, फूल्न दिऔंः अध्यक्ष प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेको हो ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन् । जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’ – अध्यक्ष प्रचण्डले भनेको – ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’

    बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उनले भनेको छ – ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन । यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’


    प्रकाशित : शनिबार, मंसिर १५ २०८११०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार