२०८३, कार्तिक १७ गते मंगलबार

फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

फोटो पत्रकार समूहको अध्यक्षमा वन्त


  • मेरोभ्यूज
  • कार्तिक २५, २०८१ आइतबार

  • फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

    काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् ।

    समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनले फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

    केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन ।

    विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो । समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए ।

    उक्त कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार गणेश बिष्ट, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, ‘मनोरञ्जन फोटोपत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठ र ‘खेलकूद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरिएको थियो ।

    यसैगरी ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ बाट सिविन नेपालकी फोटोपत्रकार रमिता छुँजु, ‘संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१’ बाट कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरियो ।


    प्रकाशित : आइतबार, कार्तिक २५ २०८११०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार