२०८३, कार्तिक १७ गते मंगलबार

गम्बोरोले पाँच हजार कुखुरा मरे

गम्बोरोले पाँच हजार कुखुरा मरे


  • मेरोभ्यूज
  • कार्तिक २१, २०८१ बुधबार

  • गम्बोरोले पाँच हजार कुखुरा मरे

    घोडाघोडी,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए ।

    “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि रु ३० लाख बढीको क्षति छ”, उनले भने ।

    घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए । उनले भने, “पाँच हजार सात सय  कुखुराका चल्ला ल्याएकामा अब छ/सात सय बचेका छन्, ती पनि मरिरहेका छन् । यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ ।” चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवारलाई निकै क्षति भएको छ । “चाडपर्व पनि नजिकिँदै छ । ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ तर एकैपटक यो बज्रपात आइलाग्यो ।

    सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो । भैँसी, बाख्रालगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन । इन्सुरेन्स पनि गरेको छैन । अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन”, निरास हुँदै उनले भने ।

    देउवाले केही समयअघि कुखुराको इन्सुरेन्स गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पुर्याएर आवश्यक कागजात पनि बुझाएको सुनाए । पछि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने जानकारी गरेको उनको भनाइ छ ।

    “जताबाट पनि किसान नै मारमा पर्ने गरेका छौँ । कोरोनाको समयमा पनि लाखौँको क्षति भयो । फेरि हाल खोर नै रित्तियो । अब त आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ”, देउवाले मनको बह पोखे ।


    प्रकाशित : बुधबार, कार्तिक २१ २०८१०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार