२०८३, कार्तिक १७ गते मंगलबार

एक हजार पाँच सय घरधुरी अन्धकारमा

एक हजार पाँच सय घरधुरी अन्धकारमा


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८१ शनिबार

  • एक हजार पाँच सय घरधुरी अन्धकारमा

    दमौली, तनहुँ । वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।

    वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नु परेको हो ।

    पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए ।

    नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको रेग्मीले जानकारी दिए ।

    बाढीपहिरोले जिल्लाका अन्य ठाउँमा समेत विद्युत् खम्बामा क्षति पुगेको रेग्मीले बताए ।

    उनका अनुसार भानु नगरपालिकाको शेपाबगैँचा, व्यास नगरपालिकाको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठलगायत ठाउँमा पहिरोले विद्युत् खम्बामा क्षति पुगेको छ ।


    प्रकाशित : शनिबार, कार्तिक ३ २०८१११:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार