२०८३, कार्तिक १७ गते मंगलबार

गौरीगाउँ ताल ओझेलमा

गौरीगाउँ ताल ओझेलमा


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८१ शनिबार

  • गौरीगाउँ ताल ओझेलमा

    तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ ।

    बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचार-प्रसार नहुँदा सो ताल ओझेलमा परेको हो । वरिपरि ताल र बीचमा मन्दिर निर्माण गरिएको छ । जहाँ कुनै समय सातवटा ताल थिए । तर अहिले ती सबै ताललाई एउटै बनाइएको छ ।

    करिब आठ बिघा क्षेत्रमा फैलिएका उक्त तालको अवलोकन गर्न आउनेको अवस्था भने न्यून रहेको स्थानीयवासी रमेश बुढाथोकीले बताए ।

    “यही बाटो हुँदै हिँड्नेहरू केही तस्वीर खिच्ने अड्न्छिन्”, उनले भन, “तर अवलोकन नै गर्ने भनेर आउनेहरू विरलै हुन्छन् ।” दाङमा नै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचार-प्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए ।

    “विकट क्षेत्रका स-साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्”, उनले भने, “बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ ।” तालको बीचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । तुलसीपुर-१० गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ । शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ ।

    साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ । वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । तालमा माछापालन पनि गर्ने गरिएको छ ।


    प्रकाशित : शनिबार, कार्तिक ३ २०८१११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार