२०८३, कार्तिक १७ गते मंगलबार

देवघाटधाम बाढीको जोखिममा

देवघाटधाम बाढीको जोखिममा


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८१ शनिबार

  • देवघाटधाम बाढीको जोखिममा

    दमौली, तनहुँ । निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ ।

    त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।

    कालीगण्डकीमा आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय डुबानमा परेको प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए ।

    बाढीले विद्यालय भवन डुबाएका कारण विद्यालयको सबै काजगात नष्ट भएको उनले बताए ।

    यस्तै त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि बाढी पुल नाघेर बगेको थियो । केही घण्टा उक्त पुलमा आवत-जावतसमेत बन्द गरिएको थियो ।

    बाढीका कारण देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीको बाढीले गलेश्वर आश्रम जोखिममा छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ । त्रिशूली र कालीगण्डकीमा आएको बाढीले देवघाटस्थित वेणी सङ्गमा रहेका मठमन्दिर, कुटी र चितवनतर्फ रहेका धर्मशाला डुबानमा परेका देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए ।


    प्रकाशित : शनिबार, कार्तिक ३ २०८११०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार