२०८३, कार्तिक १७ गते मंगलबार

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण


  • मेरोभ्यूज
  • आश्विन २२, २०८१ मंगलबार

  • हेवाखोलामा ‘डाइभर्सन’ निर्माण

    ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भएको छ ।

    बाढीले यहाँको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध छ । सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ‘ह्युम पाइप’ प्राप्त गरी काम भइरहेको छ ।

    यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जानआउन सर्वसाधारणलाई सास्ती भएको छभने ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने भक्तजनको सङ्ख्या घटेको छ । गत वर्ष पनि बाढीले यहाँको पक्की पुल बगाएको थियो ।

    त्यसपछि सडक विभागले बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गरेको थियो । पाँचथरको फिदिम नगरपालिका र सुरक्षा निकायले फड्के निर्माण गरेर पैदल यात्राका लागि बाटो खोलेका छन् ।

    यातायात अवरुद्ध हुँदा सबैभन्दा धेरै ताप्लेजुङको जनजीवन प्रभावित भएकाले तत्काल यातायात सञ्चालन गर्न पाँचथरसहित सम्बन्धित निकायसँग सहकार्य र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।


    प्रकाशित : मंगलबार, आश्विन २२ २०८१११:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार