२०८३, कार्तिक १७ गते मंगलबार

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट


  • मेरोभ्यूज
  • आश्विन १९, २०८१ शनिबार

  • भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

    काठमाडौँ । नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगनले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेट गरेका थिए ।

    भेटका अवसरमा उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरे ।

    नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेपछि हाम्रा वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडि बढाउने कुरामा जोड दिए ।

    भारतीय सेनाका मेजर जनरल सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स नेपालको छ दिने औपचारिक भ्रमणमा आएका छन ।


    प्रकाशित : शनिबार, आश्विन १९ २०८१११:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार