२०८३, कार्तिक १७ गते मंगलबार

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै


  • मेरोभ्यूज
  • आश्विन १६, २०८१ बुधबार

  • कुचोसँग चामल साटेर दैनिकी चलाउँदै

    दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छिन् ।

    उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छन । “कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिन्छ”, चौधरीले भने, “कुचो बेचेर/साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।”

    सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताइन । बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन ।

    “एउटा कुचो बापत दुई मानासम्म चामल दिने गर्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ”, उनले भनिन । चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताइन ।

    एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उनको भनाइ छ । “काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ”, उनले भनिन ।

    सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन । “उमेर पनि गइसक्यो, अरु काम गर्न सकिदैन”, उनले भनिन, “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।” काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उनले जोड दिइन ।


    प्रकाशित : बुधबार, आश्विन १६ २०८११०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार