२०८३, कार्तिक १७ गते मंगलबार

रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै

रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै


  • मेरोभ्यूज
  • आश्विन ११, २०८१ शुक्रबार

  • रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै

    ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुनः निर्माणको काम सुरु भएको चार वर्ष भइसक्दा पनि बजेट अभावले काम अझै नसकिएको जनाइएको छ ।

    ललितपुर महानगरपालिकाको सहयोगमा विसं २०७८ देखि रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले काम सुरु गरेको थियो । समितिका अध्यक्ष अध्यक्ष बेखनर महर्जनले महानगरबाट एकमुस्ट बजेट नआउँदा काम समयमै सम्पन्न नभएको बताए ।

    उनले महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने गरेका सोअनुसार काम भएको जानकारी दिए । भूकम्पले क्षति गरेका ललितपुरका अन्य मन्दिर पुनःनिर्माण भए पनि यस मन्दिरको पुनःनिर्माण ढिलाइ भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डङ्गोलको भनाइ छ ।

    “बजेट अभावले मन्दिर पुनःनिर्माण ढिला भएको हो तर महानगरको वार्षिक बजेटअनुसार काम भने भएको छ । हालसम्म रु चार करोड भन्दाबढी खर्च भइसक्यो । अहिलेकै अवस्थामा मन्दिर पुनः निर्माणको काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिन्छ”, उनले भने ।

    सोही गुठीका सदस्य हेराबहादुर डङ्गोलले समयमै मन्दिर निर्माण नहुँदा यहाँ रहेका मूर्तिलाई अस्थायी मन्दिरमा राखेको र छिटो काम सकेर रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज अवस्था बनाउन आग्रह गरे ।

    रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि २०७८ भदौ २३ गते पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गरेको थियो । करिब रु आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको उपभोक्ता समितिले काममा ढिलाइ हुँदा लागत बढेर दस करोड भन्दाबढी खर्च हुन सक्ने जनाएको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन ११ २०८११०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार