२०८३, कार्तिक १५ गते आइतबार

विभिन्न कार्यक्रम गरी मनाइयो मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवस

विभिन्न कार्यक्रम गरी मनाइयो मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवस


  • मेरोभ्यूज
  • भाद्र ३१, २०८१ सोमबार

  • विभिन्न कार्यक्रम गरी मनाइयो मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवस

    काठमाडौँ । महिला हकअधिकारमा कार्यरत विभिन्न सङ्घसंस्थाले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

    ‘हाम्रो प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध ऐक्यबद्धता’ मूल नाराका साथ स्वासा साउथ एसिया, स्वासा नेपाल, जागृति महिला महासङ्घ, नारी चेतना समाज नेपाल, हाम्रो सङ्गठन, क्रियाशील महिला समूह, सङ्घर्ष महिला समूह, जीवनज्योति महिला सङ्घ, नमूना महिला सङ्घ, पारिजात महिला सङ्घ, सुधार महिला सङ्घ, महिला सहयोगी समूह, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल र जिल्ला सञ्जाल काठमाडौँको संयुक्त आयोजनामा बृहत् र्याली र कोणसभा गरी दिवस मनाएको हो । सो र्यालीमा दुई सयजना भन्दा बढी यौनश्रमिकहरू, यौनश्रमिकको अधिकार र महिला मानव अधिकारको क्षेत्रमा वकालत गर्ने संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    कोणसभाको अध्यक्षता स्वासाकी शान्ति तिवारीले गरेको थियोभने वक्ताका रूपमा मायाको संसारबाट सुनिता लामा, जागृति महिला महासङ्घबाट आभा क्षेत्री, नारी चेतना समाज नेपालबाट शोभा डङ्गोल, परिवर्तनका लागि सहकार्य नेपालबाट इन्दिरा घले, एट्विनबाट बेनुमाया गुरुङ र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालबाट श्यामकुमारी साह रहेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एट्विनकी बेनुमाया गुरुङले भने, “बेचबिखन र यौन श्रम अलग–अलग हो, यसलाई एउटै हो भनेर बुझ्नु हुँदैन र हामी सबैजना यस विषयमा अवधारणागतरूपमा स्पष्ट हुनु जरुरी छ ।

    "परिवर्तनका लागि सहकार्य नेपालकी इन्दिरा घलेले यौनश्रमिकहरू पनि देशको नागरिक भएकोले उनीहरूको श्रमलाई सम्मान गर्दै उनीहरूको पहिचानलाई राज्यले स्वीकार्नु पर्ने धारणा व्यक्त गरेको थियो ।

    महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल अध्यक्ष श्यामकुमारी साहले सबै महिलाहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताउँदै समान नागरिकको हैसियतमा यौनश्रमिकहरूले पनि यो देशमा बाँच्ने अधिकार रहेको उल्लेख गरे ।

    कार्यक्रममा स्वासाकी शान्ति तिवारीले ‘स्वासा (नेपाल र साउथ एसिया)ले स्थापनाकालदेखि नै समुदायमा रहेका यौनश्रमिक महिला र लैङ्गिक अल्पसङ्ख्यकको मानव अधिकार सुनिश्चित गर्ने काम गर्दै आइरहेको जानकारी गराए ।


    प्रकाशित : सोमबार, भाद्र ३१ २०८११२:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार