२०८३, कार्तिक १५ गते आइतबार

ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार रेग्मी

ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार रेग्मी


  • मेरोभ्यूज
  • भाद्र १७, २०८१ सोमबार

  • ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार रेग्मी

    पाल्पा । रामपुरका समाचारदाता सुशीला रेग्मी ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

    नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रममा पत्रकार रेग्मीलाई सम्मान गरिएको हो । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले नगद रु दस हजारसहित सम्मानपत्रद्वारा संयुक्तरुपमा सम्मान गरेको हो ।

    रामपुर नगरपालिकाद्वारा स्थापित अक्षयकोषको रकमबाट पत्रकार रेग्मीलाई सम्मान गरिएको हो । यस्तै पाल्पाका २१ क्रियाशिल पत्रकारसमेत सोही कार्यक्रममा सम्मानित भएका छन् ।

    सम्मानित हुनेहरुमा झपेन्द्र गहिरे, भगवान भण्डारी, भरत शर्मा, कृष्ण कार्की, यम गाहा, मुक्तिप्रसाद न्यौपाने, कृष्ण दर्नाल, मिलन विक, सीता डोटेल, रमा भण्डारी, दयाराज न्यौपाने, नारायण न्यौपाने, रिमा सोमै, सुनिल कार्की, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, धनबहादुर ठाडा र वीरेन्द्र घिमिरे रहेका छन् ।


    प्रकाशित : सोमबार, भाद्र १७ २०८१०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार