२०८३, कार्तिक १५ गते आइतबार

मुस्ताङको थासाङमा हिउँपहिरोले बोक्सीखोला थुनियो

मुस्ताङको थासाङमा हिउँपहिरोले बोक्सीखोला थुनियो


  • मेरोभ्यूज
  • भाद्र १७, २०८१ सोमबार

  • मुस्ताङको थासाङमा हिउँपहिरोले बोक्सीखोला थुनियो

    म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट साँझ हिउँपहिरो खसेको छ ।

    मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मूलखर्कमा हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका-२ का वडाध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्णरुपमा थुनिएको बताए ।

    “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उनले भने, “हिउँपहिरोले बोक्सीखोला पूर्णरुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”

    बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आसपासमा बस्ती नभए पनि बेनी-जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका-२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

    -----

     


    प्रकाशित : सोमबार, भाद्र १७ २०८१०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार