२०८३, कार्तिक १५ गते आइतबार

परिवारको खर्च चलाउन मौसमी तथा बेमौसमी तरकारी र च्याउखेती

परिवारको खर्च चलाउन मौसमी तथा बेमौसमी तरकारी र च्याउखेती


  • मेरोभ्यूज
  • भाद्र १३, २०८१ बिहीबार

  • परिवारको खर्च चलाउन मौसमी तथा बेमौसमी तरकारी र च्याउखेती

    बागलुङ । यहाँको बागलुङ नगरपालिका-३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो ।

    तीन रोपनी भन्दा बढी जग्गामा उनले चारवटा प्लास्टिक टनेल लगाएका छन् । दुईवटा भैँसी पाल्दै आएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरे ।

    उनी अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । उनका तीन टनेलमा घिरौला, लौका, टमाटर, धनिया र तिते करेला छन् ।

    तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जिविका चलाएर केही रकम बचत गर्दै आएका छन् । उनले च्याउ खेती पनि गरेका छन् । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गरेका छन् । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले जानकारी दिए ।

    स्मृति कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएका क्षत्रीले च्याउ खेतीमा जोड दिएको हो । उनले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको जानकारी दिए ।

     “परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ”, क्षत्रीले भने, “छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो ।”  

    दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उनले बताए । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

    बेनी नगरपालिका-२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाइ छ ।

    जग्गा आफ्नै र बिक्रीसमेत आफूले बजार पुगेर गर्दा बचत धेरै हुने गरेको छ । बिचौलियासमेत आवश्यक नपर्ने उनको अनुभव छ ।


    प्रकाशित : बिहीबार , भाद्र १३ २०८११०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार