२०८३, कार्तिक १५ गते आइतबार

संरक्षणको पर्खाइमा ललितपुरको लगनखेलस्थित  न्हुँ पोखरी

संरक्षणको पर्खाइमा ललितपुरको लगनखेलस्थित  न्हुँ पोखरी


  • मेरोभ्यूज
  • भाद्र १३, २०८१ बिहीबार

  • संरक्षणको पर्खाइमा ललितपुरको लगनखेलस्थित  न्हुँ पोखरी

    ललितपुर । ललितपुर महानगरपालिका-५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन ।

    महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

    विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका-५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो ।

    विसं  २०७६ मा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

    ललितपुर महानगरपालिका-५ का वडाध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको जानकारी दिए ।

    उनले भने, “ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ । संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ ।”

    मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउँछन् ।

    उनले भने, “हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ । धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ ।” हाल सो पोखरीमा फोहर पानी छ । परिसरमा घाँस उम्रेको छ । पोखरीलाई तारबार गरेर राखिएका छन् ।


    प्रकाशित : बिहीबार , भाद्र १३ २०८११०:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार