२०८३, कार्तिक १५ गते आइतबार

बेरोजगारले रोजगारी पाएकोमा खुसी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी

बेरोजगारले रोजगारी पाएकोमा खुसी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी


  • मेरोभ्यूज
  • भाद्र १३, २०८१ बिहीबार

  • बेरोजगारले रोजगारी पाएकोमा खुसी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी

    विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारले रोजगार पाइरहेकामा खुसी व्यक्त गरेका छन् ।

    विराटनगरमा आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रमको समापन समारोहमा मन्त्री भण्डारीले यस्तो बताएको हो ।

    मन्त्री भण्डारीले स्वरोजगार कार्यक्रमले रोजगारदाता र रोजगारी खोजी गर्नेबीच पुलको काम गर्ने तथा यसको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारमा पठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    “बजारमा आवश्यक पर्ने जनशक्तिको खोजी र रोजगारदाताबीच पुलको काम गर्ने यो कार्यक्रमबाट मुलुकका धेरै बेरोजगार नागरिकले रोजगारी पाएका छन् । यसको थप प्रभावकारिताका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ”, उनले भने । 

    मन्त्री भण्डारीले सुनसरीको दुहबी नगरपालिका, इटहरी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा सञ्चालित श्रम सञ्चार पोर्टलका बारेमा जानकारीसमेत लिए ।

    सो अवसरमा उनले कोशी प्रदेशमा पहिलो चरणमा ४६ पालिकामा सञ्चार पोर्टल लागू गर्ने र पछि प्रदेशका एक सय ३७ वटै पालिकामा श्रम सञ्चार सुरू हुने जानकारी दिए ।

    “यस प्रणालीबाट रोजगारदाता र रोजगारको खोजीमा रहेका युवाहरुलाई कामको अवसर मिल्ने विश्वास लिएका छौँ । यस प्रणालीलाई चुस्त र दुरुस्त राखी बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुहोला”, मन्त्री भण्डारीको निर्देशन थियो ।

    यसका साथै विराटनगरमा निर्माणाधीन श्रम कार्यालयको पनि मन्त्री भण्डारीले निरीक्षण एवं अनुगमन गरेको कार्यालय प्रमुख पुष्प कटुवालले जानकारी गराए ।


    प्रकाशित : बिहीबार , भाद्र १३ २०८११०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार