२०८३, कार्तिक १५ गते आइतबार

जनसंगीतिज्ञ पाख्रिनलाई जनगायक जेबी टुहुरे सम्मान

जनसंगीतिज्ञ पाख्रिनलाई जनगायक जेबी टुहुरे सम्मान


  • मेरोभ्यूज
  • भाद्र ११, २०८१ मंगलबार

  • जनसंगीतिज्ञ पाख्रिनलाई जनगायक जेबी टुहुरे सम्मान

    काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ जनसंगीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त जनगायक जेबी टुहुरे सम्मान- २०८१ प्रदान गरेको छ ।

    जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले दिवंगत पाख्रिनकी पत्नी सुकमायालाई उक्त सम्मान प्रदान गरे । सो सम्मानको राशि रु एक लाख रहेको छ ।

    पाख्रिनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आजीवन प्रगतिशील गीत, सङ्गीत, गायन तथा नृत्य एवम् गीतिनाटकमार्फत नेपाली समाजका शोषित पीडित वर्गमा चेतना जागृत गराउन पुर्याएको योगदानस्वरूप सम्मान गरिएको फाउण्डेशनका निर्भिक टुहुरेले जानकारी दिए ।

    गोरखाको अजिरकोट गाउँपालिकामा विस २००९ कार्तिक ११ गते जन्मिएका पाख्रिनले चितवनको नारायणी कला मन्दिरबाट प्रारम्भिक कलायात्रा सुरु गरेको थियो ।

    विस २०३५ /३६ देखि जनवादी गीत रचना गर्ने, सङ्गीत भर्ने, गाउने, नृत्य सिकाउने र गीतिनाटकसमेत रचनामा समर्पित उनका कालो वनको बिचैमा, गैती बेल्चा उचालेरु, युवाहरु हो जस्ता गीत अत्यन्तै लोकप्रिय छन्।

    चारवटा गीति पुस्तिकासमेत प्रकशान गरेका पाख्रिनले प्रतिरोध सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारको नेतृत्वसमेत गरेको भियो ।

    विसं २०७० मा सम्पन्न दोश्रो संविधानसभा सदस्यका रूपमा समेत उनले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण छ ।


    प्रकाशित : मंगलबार, भाद्र ११ २०८११०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार