२०८३, कार्तिक १५ गते आइतबार

पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्धेलित र सङ्ठगित गर्न प्रेरित गथ्र्यो ः अध्यक्ष दाहाल

पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्धेलित र सङ्ठगित गर्न प्रेरित गथ्र्यो ः अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • भाद्र ११, २०८१ मंगलबार

  • पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्धेलित र सङ्ठगित गर्न प्रेरित गथ्र्यो ः अध्यक्ष दाहाल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्गीतज्ञ खुसीराम पाख्रिनका गीतसङ्गीतले आमनेपाली श्रमिकलाई उद्धेलित र सङ्गठित गर्न प्रेरित गर्दै आएको स्मरण गरेको छ ।

    जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनमा पाख्रिनले गीतसङ्गीतका क्षेत्रबाट खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

      “हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई सङ्गठित गर्यौं भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गीत गाएर नेपाली श्रमिकलाई उद्धेलित बनाउथ्यो र सङ्गठित गर्न प्रेरित गथ्र्यो”, अध्यक्ष प्रचण्डले भने ।

    पाख्रिनले आफैँ गीत रचना, सङ्गीत भर्ने, गाउने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले खुसीराम आफ्नो गाउँले साथीका रुपमा असाध्यै मिलनसार योद्धाका रुपमा रहेको बताए ।

    अध्यक्ष दाहालले जनगायक जेबी टुहेरेले गीत सङ्गीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

    “पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे । वैचारिक राजनीतिक रुपमा भन्दा पनि श्रमजीविका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो”, उनले भने ।

    नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिन र टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा निरन्तर गीत संगीत गायन र सिर्जना गर्दै आएको स्मरण गरे ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए ।

     सो अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरुले जनगायक पाख्रिनले सिर्जना गरेको गीतसङ्गीत प्रस्तुत गरेको थियो ।


    प्रकाशित : मंगलबार, भाद्र ११ २०८११०:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार