२०८३, कार्तिक १५ गते आइतबार

लमजुङकाे मणिडाँडामा पर्यटक लोभ्याउन ‘परेवा जोडी’

लमजुङकाे मणिडाँडामा पर्यटक लोभ्याउन ‘परेवा जोडी’


  • मेरोभ्यूज
  • श्रावण २६, २०८१ शनिबार

  • लमजुङकाे मणिडाँडामा पर्यटक लोभ्याउन ‘परेवा जोडी’

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा रु सात लाखको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

    उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको पनि अध्यक्षा श्रेष्ठले बताए । “यस डाँडामा सहिदको सालिक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । परापूर्वकालमा आर्मीहरूले परेड खेलेकाले परेवाडाँडा नाम राखिएको बूढापाकाको भनाइअनुसार आर्मीहरुले परेड खेल्दै गरेको दृश्यको प्रतीकसमेत निर्माण गर्ने लक्ष्य छ । साढे दुई लाख रुपैयाँको लागतमा सहिद मोहनलाल श्रेष्ठको सालिक निर्माण गरिसकेका छौँ”, श्रेष्ठले जानकारी गराए ।

    परेवा जोडीको प्रतीक बनेपछि हाल यहाँ हेर्न आउनेहरूको सङ्ख्या बढ्दै गएको छ । तीमध्ये सबैजसो परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका देखिन्छन् । यसैगरी यहाँको मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरुमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने स्थानीय पालिकाको योजना छ ।


    प्रकाशित : शनिबार, श्रावण २६ २०८१०७:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार