काठमाडौं। अजिटम, बौद्बिक अपाङ्गता केयर सेन्टरकी अध्यक्ष श्रीमती गिताकुमारी घिमिरेको सभापित्वमा महिला उत्प्रेरण विकास मन्चद्वारा आयोजित अजिटम, बौद्बिक अपाङ्गता केयर सेन्टर चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुको दोस्रो वार्षिकत्सोवको अवसरमा बजेट कार्यन्वयनमा सरोकारवाला निकायको भूमिका कार्यक्रम सम्पन्न भयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले हरेक वडामा यस्तो किसिमको सेन्टर स्थापना गरी अजिटम, बौद्बिक अपाङ्गता भएका बालबालिकालगायतका लागि ब्यवस्थापन गर्न आफूले बजेटको व्यवस्था गरेको जानकारी दिए ।
कीर्तिपुर नगरपालिकाका कार्यवहाक नगरप्रमुख शुभलक्ष्मी शाक्य, चन्द्रागिरी नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, साहित्यकार एवं समाजसेवी तीर्थराज अधिकारी, मानसिक अस्पताल लगनखेलका बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. अमित झा, समाजसेवी मुकुन्द घिमिरे, भागवत कथा वाचिका बालविदूषी अनुराधा पाण्डे, युवा उद्यमी तथा समाजसेवी रामनारायण घिमिरे, प्रमुख सल्लाहकार तथा समाजसेवी चुडेन्द्रबहादुर खडकालगायतको सहभागिता रहेको थियो ।

