२०८३, कार्तिक १५ गते आइतबार

माओवादी बैठकमा बङ्गलादेशको राजनीतिक घटनाक्रमबारे छलफल

माओवादी बैठकमा बङ्गलादेशको राजनीतिक घटनाक्रमबारे छलफल


  • मेरोभ्यूज
  • श्रावण २५, २०८१ शुक्रबार

  • माओवादी बैठकमा बङ्गलादेशको राजनीतिक घटनाक्रमबारे छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । 

    पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    बैठकको प्रारम्भमा अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरुबीच भएको सहमतिका बारेमा जानकारी गराएका थिए । उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरेको प्रवक्ता सापकोटाले जनाए ।

    “अध्यक्ष दाहालले लोकतान्त्रिक अभ्यासप्रति सबै सजग र सचेत हुनुपर्ने चर्चा गर्दै बङ्गलादेशको घटनाबाट सबैले शिक्षा लिनुपर्ने, जनताको समस्यालाई गम्भीररुपमा लिएर समाधानतर्फ लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने । 

    बैठकमा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइहरेको आशङ्का व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएका थिए । 

    स्थायी समिति बैठकमा भोलिदेखि सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने क्रम चल्नेछ । बैठकले प्राकृतिक विपद्, सडक तथा विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । 


    प्रकाशित : शुक्रबार, श्रावण २५ २०८१०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार