२०८३, कार्तिक १५ गते आइतबार

सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल निर्माण

सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल निर्माण


  • मेरोभ्यूज
  • श्रावण २४, २०८१ बिहीबार

  • सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल निर्माण

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

    पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो ।

    पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा-३ बाइटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।


    प्रकाशित : बिहीबार , श्रावण २४ २०८१११:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार