२०८३, कार्तिक १५ गते आइतबार

कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघ नियन्त्रणमा

कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघ नियन्त्रणमा


  • मेरोभ्यूज
  • श्रावण २४, २०८१ बिहीबार

  • कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघ नियन्त्रणमा

    कञ्चनपुर । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ ।

     दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो ।

     बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी-२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो । बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

     “बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,” उनले भने । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए । बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , श्रावण २४ २०८१११:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार