२०८३, कार्तिक १५ गते आइतबार

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा


  • मेरोभ्यूज
  • श्रावण २४, २०८१ बिहीबार

  • रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

    भक्तपुर । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ।

    गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ ।

    क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय पचास हाराहारी सहभागी छन् ।

    ‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्य-मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब/लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत छलफल भइरहेको छ ।

    भोलि आउने समूहगत छलफलको निश्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेले जानकारी दिए ।

    बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहेको छ ।

    रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ ।

    ‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिकरुपमा सुदृढ गर्न अभियानकैरुपमा ‘क्लोज क्याम्प’ गरेका हौं’ कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, केन्द्रले विधान संशोधनमा सुझावसमेत मागेको छ, त्यसबारे पनि छलफल हुन्छ।’


    प्रकाशित : बिहीबार , श्रावण २४ २०८१११:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार