काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्य मुलुकहरूले आप्रवासी कामदारका हकहितका लागि अन्तरराष्ट्रिय अनुबन्ध र प्रोटोकल तथा द्विपक्षीय सम्झौताको पालना गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारको दृष्टिकोण : श्रम आप्रवासन व्यवस्थापनसम्बन्धी नीतिगत विषयक छलफलमा मन्त्री भण्डारीले गन्तव्य मुलुकमा आप्रवासी नेपाली कामदारलाई समान व्यवहार र सम्मान गरिनुपर्ने धारणा व्यक्त गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विकास साझेदार संस्था, सयुंक्त राष्ट्रसङ्घीय निकाय र विभिन्न कूटनीतिक नियोगले आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले आप्रवासी श्रमिकको मानव अधिकारको सम्मान गर्न गन्तव्य मुलुकलाई सयुंक्त राष्ट्रसङ्घीय निकाय र अन्य सरोकारवालाहरुले दबाब दिनु पर्ने धारणा व्यक्त गरे ।
सोही कार्यक्रममा दिगो विकास समितिका सभापति कमला पन्तले आप्रवासनका क्षेत्रमा छरिएरभन्दा सहकार्यमा काम गर्दा नतिजा प्राप्त हुने भन्दै यस क्षेत्रमा काम गर्नेले कामको ढाँचा परिवर्तन गर्न सुझाव दिए ।
नेपाली श्रम र मस्तिष्कलाई नेपालमै राखेर स्वदेशको उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान पु¥याउन सकिने सभापति पन्तले विश्वास व्यक्त गरे ।

