२०८३, कार्तिक १५ गते आइतबार

सशस्त्र प्रहरी बलका ६८ जनाको टोलीले द क्लिफ नेपालमा बञ्जी जम्प गरे

सशस्त्र प्रहरी बलका ६८ जनाको टोलीले द क्लिफ नेपालमा बञ्जी जम्प गरे


  • मेरोभ्यूज
  • श्रावण २३, २०८१ बुधबार

  • सशस्त्र प्रहरी बलका ६८ जनाको टोलीले द क्लिफ नेपालमा बञ्जी जम्प गरे

    काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् ।

    प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

    सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो ।

    कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।

    पछिल्लो समय एडभेञ्चर हबका रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

    यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।


    प्रकाशित : बुधबार, श्रावण २३ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार