२०८३, कार्तिक १५ गते आइतबार

हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत ‘माइतीघर’ सार्वजनिक

हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत ‘माइतीघर’ सार्वजनिक


  • मेरोभ्यूज
  • श्रावण २३, २०८१ बुधबार

  • हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत ‘माइतीघर’ सार्वजनिक

    काठमाडौँ । हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।

    गायिका सीता परियारले गाएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महशुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भने ।

    तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गरेको हो ।

    गीत सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गरेको छ । उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ ।

    श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गरेको छ ।


    प्रकाशित : बुधबार, श्रावण २३ २०८११०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार