२०८३, कार्तिक १५ गते आइतबार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते


  • मेरोभ्यूज
  • श्रावण २३, २०८१ बुधबार

  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

    धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    “घाइते सबै खतरामुक्त रहेका छन्”, प्रहरी नायव उपरीक्षक मिश्रले भने रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतर्फीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।


    प्रकाशित : बुधबार, श्रावण २३ २०८११०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार