२०८३, कार्तिक १५ गते आइतबार

एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचमध्ये चारजना चिनियाँ नागरिक


  • मेरोभ्यूज
  • श्रावण २३, २०८१ बुधबार

  • एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

    काठमाडौँ । एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ ।

    बुधबार दिउँसो १:५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।

    हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक, तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेको छ ।

    सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।


    प्रकाशित : बुधबार, श्रावण २३ २०८१०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार