काठमाडौँ । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म देशका विभिन्न स्थानमा एक सय ५३ जनाको मृत्यु भएको छ । विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् ।
बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशीमा २५, मधेशमा छ, बागमतीमा २९, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा दस जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विपद्मा फसेका एक सय आठ जनाको उद्वार गरिएको छ । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । विपद्बाट दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।

