२०८३, कार्तिक १५ गते आइतबार

उद्योगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको छ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी

उद्योगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको छ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी


  • मेरोभ्यूज
  • श्रावण २२, २०८१ मंगलबार

  • उद्योगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको छ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेको भन्दै यस्ता उद्योगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको बताएको छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघको सम्बन्ध परस्पररुपमा अगाडि बढ्न सके मात्रै मुलुकको उद्योग क्षेत्र माथि उठ्ने बताए ।

    आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको भन्दै उनले भने – ‘‘घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कृषि उद्योग छ, विभिन्न उत्पादनमूलक उत्पादन छ, हर्बलसँग जोडिएको छ नेपालको स्रोतसाधन सबैसँग जोडिएको हुन्छ । यसलाई माथि उठाउने काम गर्नुस । त्यसका लागि नीति कानूनको सहजीकरण गर्न मन्त्रालय तयार छ ।’’

    सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिवद्ध रहेको उद्योगमन्त्री भण्डारीको भनाई थियो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि स्टार्टअप कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिए ।

    उद्योग क्षेत्रको विकासका लागि लघु घरेलु तथा साना उद्योगीहरुको भूमिका महत्वपूर्ण भएको भन्दै सचिव राउतले मन्त्रालयले वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेको भन्दै सोही अनुरुप साथ दिन महासंघलाई आग्रह गरे ।

    महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले संघीय संरचनाअनुरुप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक देखिएको बताए ।

    विगतमा तीन तहकै सरकार संचालनका क्रममा भोगेका अनुभवहरुको आधारमा औद्योगिक व्यवसाय ऐनमा समसामयिक परिमार्जनको आवश्यकता रहेको अध्यक्ष सिंहले बताए ।

    स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुहरु आमजनमानस तथा विदेशी पर्यटकहरुले खरीद गर्न परेमा एकै थलोमा नपाइने हुनाले उपभोक्ताहरु भौतारिनु पर्ने अवस्थाको अन्त्यका लागि स्वदेशी वस्तुहरु मात्र रहने गरी केन्द्रीयस्तरमा एउटा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन उनले अनुरोध गरे ।

    स्वदेशमै उपलब्ध हुन सक्ने वस्तु पनि विदेशबाट आयात गर्ने परिपाटीले स्वदेशी उद्योगका उत्पादनहरुले बजार नपाइरहेकोले हाम्रा उद्योगहरु धराशायी हुँदै गइरहेकाले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा अध्यक्ष सिंहले जोड दिए ।

    लघु, घरेलु तथा साना उद्योग दर्ता र नविकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्ट्रार समेतमा कागजात र राजश्व बुझाउनु पर्ने झण्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै यसलाई एकद्वार प्रणालीमार्फत दर्ता र नविकरण गर्ने व्यवस्था गर्नुपर्ने अध्यक्ष सिंहले बताए ।

    अहिले स्थानीय तहमा लघु उद्योग ग्राम, घरेलु तथा साना उद्योग ग्राम बनाउने पूर्व कार्यक्रम व्यवस्थित हुन नसकेको हुँदा त्यस्ता उद्योग स्थापना र सञ्चालनका लागि संघीय सरकारले स्थानीय तहलाई सिधै अनुदान दिने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।

    स्टार्टअप व्यवसाय अहिले फेशन जस्तो बन्दै गइरहेको परिप्रेक्ष्यमा स्टार्टअप व्यवसायको ठोस परिभाषा एकिकृत गरी सोही अनुरुप स्टार्टअप व्यवसायलाई पूँजी र प्रविधिमा सहयोग पु¥याउन कर्जा व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।


    प्रकाशित : मंगलबार, श्रावण २२ २०८११०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार