२०८३, कार्तिक १५ गते आइतबार

नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा

नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा


  • मेरोभ्यूज
  • श्रावण २१, २०८१ सोमबार

  • नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा

    काठमाडौँ ।  निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका-५ स्थित भद्रुटारमा बाढी र पहिरोले लाखौँको क्षति गरेको छ ।

    वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौँ रोपनी धान खेत कटानको जोखिममा छ ।

    त्यसैगरी बढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ । खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको र स्थानीय निरन्तर जोखिममा बस्नुपरेको प्रभावित पुरुषोत्तम सिटौलाले जानकारी दिए ।

    उनले भने, “निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । यहाँको कैयौँ खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेतमा गेग्र्यान थुप्रिएको छ ।”

    उनको आफ्नोसँगै स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेललगायत पहिरो र कटानको खोजीममा परेका छन् ।

     उनीहरू खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन कटान हुँदा जोखिम बढेको छ ।

    “बाढी र पहिरोले निम्त्याएको जोखिम र क्षतिबारे स्थानीय सरकारलाई जानकारी गराएका छौँ । वडाध्यक्षले प्रभावित क्षेत्रको अवलोकन गरेको छ”, स्थानीय सिटौलाले भने, “खेतमा पानी लैजाने पक्की कुलो सबै खोलाले बगाएको छ । त्यति मात्र होइन बस्ती नै जोखिममा रहेको छ ।”

    बस्तीमाथि हिउँदमा अन्धाधुन्ध ‘डोजर’ प्रयोग गरेर बाटो सडक खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेको प्रभावित बद्रीनाथ खतिवडाले बताए ।

    उनका अनुसार स्थानीय ठाउँठाउँमा पहिरोको जोखिम छ । उक्त क्षेत्रमा जनताले खोला नियन्त्रण एवं पहिरो र बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउनुपर्नेमा माग गरेका छन् ।


    प्रकाशित : सोमबार, श्रावण २१ २०८१११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार