२०८३, कार्तिक १५ गते आइतबार

काठमाडौँका विभिन्न तीन आर्ट ग्यालरीमा कला प्रदर्शनी जारी

काठमाडौँका विभिन्न तीन आर्ट ग्यालरीमा कला प्रदर्शनी जारी


  • मेरोभ्यूज
  • श्रावण १८, २०८१ शुक्रबार

  • काठमाडौँका विभिन्न तीन आर्ट ग्यालरीमा कला प्रदर्शनी जारी

    काठमाडोँ । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् ।

    बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उनको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् ।

    उनको कला प्रर्दशनीको शीर्षक ‘रास लिला : द डिभाइन डान्स’ राखिएको छ ।

    शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् ।

    मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरु, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउँछ ।

    कलाकार प्रधानका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्व जगाउनु हो ।

    बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएका छन् । जसको शीर्षक नै राखिएको छ, ‘इम्प्रिन्टस’ ।

     ललितपुरस्थित एक्युब ग्यालरीमा भने अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ । ‘नेपाल कहाँ छ ?’ शीर्षकमा उनले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गर्नुका साथै अवस्था चित्रण गरिएको छ ।

    कलाकारले नेपाल घुमेर महसुश गरेका दृश्यलाई क्यानभासमा उतारेको हो ।

    ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ ।

    त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गरेको उनले बताए ।


    प्रकाशित : शुक्रबार, श्रावण १८ २०८११०:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार