ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई जावलाखेल पुर्याइएको हो ।
शुभ साइतअनुसार आज रथलाई जावलाखोल पुर्याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिए । उनका अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा राष्ट्र प्रमुखलाई भोटो देखाइन्छ ।
हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

