२०८३, कार्तिक १५ गते आइतबार

कोशीखोलाको बाढीले सयौं रोपनी धानखेत बगरमा परिणत

कोशीखोलाको बाढीले सयौं रोपनी धानखेत बगरमा परिणत


  • मेरोभ्यूज
  • श्रावण १७, २०८१ बिहीबार

  • कोशीखोलाको बाढीले सयौं रोपनी धानखेत बगरमा परिणत

    नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका-२ स्थित पिमलटारको सयौं रोपनी धानखेत बगरमा परिणत भएको छ ।

    नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्णरुपमा बगर बनेको छ ।

    “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”

    बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ ।

    स्थानीय किसान अरुण राईले व्यावसायिकरूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए ।


    प्रकाशित : बिहीबार , श्रावण १७ २०८१११:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार