२०८३, कार्तिक १५ गते आइतबार

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालियो

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालियो


  • मेरोभ्यूज
  • श्रावण १४, २०८१ सोमबार

  • अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालियो

    अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ ।

    अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो ।

     बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ ।

    पन्ध्रौँं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ ।

    सराये नाचको प्रमुख उदगमस्थलको रुपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ ।

    बाइसे चौबिसेराज्यअन्तर्गत पर्ने यस राज्यको दरबार पहिलेकै अवस्थामा रहने गरी पुरानै शैलीमा पुरातत्व विभागले निर्माण कार्य अघि बढाएको हो ।

    पुरातत्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौविसे राज्यअन्तर्गत पर्ने राज्यकालको अवधिमा भएको डिजाइन र शैलीमानै पुरातत्व विभागद्वारा निर्माणकार्य सुरु भएको दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिए ।

    दरबार पहिला तीन तले रहेको अनुसन्धानबाट पत्ता लागेको छ । दरबार निर्माण सुरु भएपछि अर्घा भगवती मन्दिरमा पर्यटक बढी आउने अपेक्षा गरिएको मन्दिरका पुजारी किशोर आचार्य बताए ।

    हाल मन्दिरमा भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धिखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा दस फिटको बेसमा, २१ फिटको मूर्ति राखेको छ ।

    मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकाल देखिनै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आएको बताइन्छ ।

    लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

    गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्यूठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारतर्फ आकर्षित गराउने उद्देश्यले मूर्ति स्थापना गरिएको उहाँ बताउँछ ।


    प्रकाशित : सोमबार, श्रावण १४ २०८१११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार