२०८३, कार्तिक १५ गते आइतबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई लोसपा निकट विद्यार्थीको बधाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई लोसपा निकट विद्यार्थीको बधाई


  • मेरोभ्यूज
  • श्रावण ९, २०८१ बुधबार

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई लोसपा निकट विद्यार्थीको बधाई

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट विद्यार्थीले बधाई दिँदै सफल कार्यकालको कामना व्यक्त गरेका छन् ।

    लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्र तथा महासचिव सम्मर साह, केन्द्रीय सदस्यहरु सिद्धार्थ यादव, विशाल मिश्र, आमोद सिन्हालगायत विद्यार्थीले मन्त्री भण्डारीलाई शुभकामना दिएका थिए ।

    उनीहरुले युवा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न मन्त्री भण्डारीसँग आग्रह गरेका थिए । जवाफमा मन्त्री भण्डारीले युवा तथा विद्यार्थीलाई स्वदेशमै शिक्षा र रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न आफूले पहल गरिरहेको जानकारी गराए । 


    प्रकाशित : बुधबार, श्रावण ९ २०८१११:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार