२०८३, कार्तिक १५ गते आइतबार

धार्मिक एवं ऐतिहासिक स्थलहरुको प्रवर्द्धन गर्न साइकल र्‍याली

धार्मिक एवं ऐतिहासिक स्थलहरुको प्रवर्द्धन गर्न साइकल र्‍याली


  • मेरोभ्यूज
  • श्रावण ६, २०८१ आइतबार

  • धार्मिक एवं ऐतिहासिक स्थलहरुको  प्रवर्द्धन गर्न साइकल र्‍याली

    धुलिखेल । जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ । ‘पनौती बाइक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्‍याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो ।

    धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्‍याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताए । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्‍याली आयोजना गरिएको बताए ।

    जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका–५ का वडा अध्यक्ष विनोद खत्रीले बताए । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्‍यालीको शुभारम्भ गरेका हुन् । र्‍यालीमा दुई सय जना सहभागी थिए ।


    प्रकाशित : आइतबार, श्रावण ६ २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार